खरसाङ: खरसाङ नगरपालिकाको आयोजनामा रन फर योगा अन्तर्गत एउटा मिनी म्याराथनको आयोजना गरिएको छ। उक्त म्याराथन खरसाङको मोटर स्ट्याण्डबाट शुरु भएर हिल कार्ट रोड हुँदै आईएनए बस टर्मिनलसम्म पुगेर फर्की अस्पताल मोड भएर वर्ध्दमान रोड भएर पुनः मोटर स्ट्याण्डमा आएर समाप्त भएको थियो। सरकारको फिट अनि स्वास्थ्य साथै स्वच्छ परिवेशको लक्ष्य राखेर आयोजन गरिएको यस म्याराथनमा १२० जनाभन्दा अधिक साना साना नानीहरुदेखि लिएर बुजुर्ग व्यक्तिहरिले पनि भाग लिएका थिए। यस मिनी म्याराथनमा रोहिणी निवासी अजय राई प्रथम, आदर्श राई दोस्रो र मिनाल प्रसाद तेस्रो हुन सफल भएका छन्। यस रन फर योगा मिनी म्याराथन विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ नगरपालिकाको बढा बाऊ सुरेन कटुवालले विस्तृत रुपमा जानकारी गराएका छन्।

रन फर योगा अन्तर्गत आयोजना गरिएको मिनी म्याराथन कार्यक्रमपछि खरसाङको रेलवे स्टेशन परिसरमा सञ्जय छेत्रीद्वारा सहभागी प्रतियोगीहरुलाई योगा पनि गराएका थिए। उनको यस कार्यक्रम विषयमा खरसाङ नगरपालिकाको कार्यक्रम इन्चार्ज नोर्देन लामाले विस्तृत रुपमा जानकारी गराएका छन्।










