खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको आयोजनामा टी ट्वेन्टी क्रिकेट टुर्नामेन्ट हुने

IMG-20221105-WA0193.jpg

खरसाङ: खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको सभा अध्यक्ष मोहन योञ्जनको अध्यक्षता र सचिव निर्मल गुरुङको अध्यक्षतामा सम्पन्न भएको छ। उक्त सभामा नै आगामी दिसम्बर महिनाको दोस्रो सातादेखि नगदराशि टी ट्वेन्टी क्रिकेट टुर्नामेन्ट आयोजना गरिने निर्णय गरिएको छ। यसको लागि मोहन राईलाई कन्भेनर चयन गरिएको छ। उक्त टी ट्वेन्टी क्रिकेट टुर्नामेन्ट खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको वार्षिक खेलकूद कार्यक्रम अनुसार मै खेलाइने भएको छ कारण योभन्दा अघि दुई वर्ष कोरोना महामारीले गर्दा आयोजना गरिएको थिएन भने यसपालीदेखि पुन: आयोजना गरिने भएको छ। यस टी ट्वेन्टी क्रिकेट टुर्नामेन्टमा सहभागी बन्नलाई अन्तिम मिति ४ दिसम्बर २०२२ राखिएको छ। उक्त तोकिएको समयमा कुनै पनि टिमले तीन हजार प्रवेस शुल्क बुझाउनु पर्ने खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको उपाध्यक्ष फुर्बा घिसिङले पत्रकारहरूलाई जानकारी गराएका छन्। उनले यस नगदराशि टी ट्वेन्टी क्रिकेट टुर्नामेन्टको लागि खरसाङ वरिपरिका सबै क्रिकेट प्रेमीहरूलाई अंश ग्रहण गरिदिने निवेदन गरेका छन्। आजको सभामा गत अक्टोबर महिनामा सम्पन्न भएको अण्डर १४ फुटबल टुर्नामेन्ट र एथलेटिक मिट विषयमा चर्चा परिचर्चा र हर हिसाब पनि गरिएको छ। यस अन्तर्गत अण्डर १४ फुटबल टुर्नामेन्टको कन्भेनर जोहन योञ्जन र एथलेटिक मिटको कन्भेनर मोहन राईले आफ्नो आफ्नो तर्फबाट हर हिसाब बुझाएका थिए। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको अध्यक्ष मोहन योञ्जन र उपाध्यक्ष फुर्बा घिसिङले विस्तृत रुपमा जानकारी गराएका छन्।

About Author

Advertisement