खरसाङ: खरसाङमा स्टेडियम निर्माणको मागमा दार्जिलिङका सांसद राजु विष्ट र पश्चिम बंगालका मन्त्री विशाल लामालाई ज्ञापन पत्र बुझाइएको छ। दार्जिलिङबाट सिलगढी फर्किरहेको समय खरसाङको मोटर स्ट्याण्डमा सांसद राजु विष्ट र मन्त्री विशाल लामालाई खरसाङमा स्टेडियम निर्माणको मागमा युनाईटेड खरसाङ फुटबल क्लब र खरसाङ महकुमा खेलकूद संघको प्रतिनिधिहरुले ज्ञापन पत्र बुझाएका छन्। यस क्रममा युनाईटेड खरसाङ फुटबल क्लब र खरसाङ महकुमा खेलकूद संघको पदाधिकारीहरु उपस्थित रहेका थिए। यस अवसरमा खरसाङका विधायक सोनाम लामा पनि उपस्थित रहेका थिए। खरसाङमा जनताको लागि र खेलाडीहरु र खेल प्रेमीहरुका लागि भनेको जस्तो स्टेडियम नभएको कारण खरसाङमा स्टेडियम निर्माणको लागि सबैले माग गरिरहेका छन्। यसै क्रममा पश्चिम बंगालमा नयाँ सरकार गठन भएपछि खरसाङमा स्टेडियम निर्माणको माग पुनः उठेको छ यसै क्रममा आईतवार मन्त्री खरसाङ आएको समय स्टेडियम निर्माणको मागमा ज्ञापन पत्र बुझाइएको छ।










