खरसाङमा विराट रैलीको साथमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको स्थापना दिवस कार्यक्रम शुरु

IMG-20220909-WA0113.jpg

आज हाम्रो पार्टीको रमाउने र खुशी हुने दिन हो: अनित थापा

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको स्थापना दिवस एक रैलीको साथमा आज खरसाङमा केन्द्रीय स्तरमा पालन गरिएको छ। उक्त रैली खरसाङको टुरिस्ट लजदेखि शुरु भएर हिलकार्ट रोड हुँदै खरसाङ बजार परिक्रमा गरी मोटर स्ट्याण्ड हुँदै मन्टिभियट खेल मैदानमा पुगेर भव्य स्थापना दिवस कार्यक्रममा परिणत भएको थियो। उक्त रैलीमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापा, केन्द्रीय महासचिव अमर लामा, केन्द्रीय उप सभापति एंव कालेबुङका विधायक रुदेन सादा लेप्चा, केन्द्रीय नेतृत्वहरू एंव विभिन्न समष्टिहरूका पार्टी कार्यकर्ताहरू सामेल रहेका थिए।

पार्टी कार्यकर्ताहरूद्वारा नाजगाचको साथमा गरिएको रैली मन्टिभियट खेल मैदानको मञ्चमा पुगेर समाप्त भएको थियो। पार्टीको स्थापना दिवसको अवसरमा पार्टीको अध्यक्ष अनित थापा आफै पनि केही झण खुशीसाथ आफ्ना समर्थकहरूसित नाँचेका थिएकार्यक्रमको शुरुवात भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको स्थापना दिवसको अवसरमा पार्टीको झण्डा उत्तोलन गरेर अनि धुप दीप प्रज्वलन गरी थालिएको थियो।

यस अवसरमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापाले आफ्नो पार्टीको कार्यकर्ताहरूलाई सम्बोधन गर्दै एक वर्ष अघि मात्रै खोलिएको पार्टीको आज स्थापना दिवस हो र कत्ति छिट्टो समय बितेर गएको बताए। उनले आज हामी सबैको लागि खुशीको दिन हो साथै रमाउने र खुशी हुने दिन हो भनी बताएका छन् ।

About Author

Advertisement