खरसाङमा भारतीय जनता युवा मोर्चाको युवा अड्डा कार्यक्रम सम्पन्न

IMG-20260311-WA0107

खरसाङ: खरसाङ विधानसभा अन्तर्गत चिम्नी देउराली मण्डलका युवाहरुलाई लिएर खरसाङ पार्टी कार्यालयमा भारतीय जनता युवा मोर्चाको “युवा अड्डा” कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो। कार्यक्रममा स्थानीय युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।कार्यक्रममा युवासँग प्रत्यक्ष संवाद गरी उनीहरूका विचार, समस्या तथा सुझावहरू सुन्ने अवसर प्रदान गरियो। साथै युवाहरूलाई समाज तथा राष्ट्र निर्माणमा सक्रिय रूपमा सहभागिता जनाउन प्रेरित गरिएको थियो। कार्यक्रमका क्रममा संगठनलाई अझ सशक्त बनाउने, युवाहरूलाई राजनीतिक तथा सामाजिक गतिविधिमा जोड्ने तथा क्षेत्रको विकाससँग सम्बन्धित विभिन्न विषयहरूमा महत्वपूर्ण छलफल गरिएको थियो। यस कार्यक्रमका लागि सहभागी सम्पूर्ण युवा साथीहरूलाई हार्दिक धन्यवाद दिइएको छ। आगामी दिनहरूमा पनि युवाहरूको आवाजलाई प्राथमिकता दिँदै यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गरिनेछ।

आजको कार्यक्रमना भारतीय जनता युवा मोर्चा जिल्ला महासचिव बिक्रम छेत्री, जिल्ला कोषध्यक्ष प्रशान्त मुखिया, चिम्नी देउराली युवा मोर्चा मण्डल अध्यक्ष प्रदीप सार्की, खरसाङ विधानसभा युवा प्रभारी राकेश गुप्ता लगायत उक्त क्षेत्रका युवाहरुको उपस्थित रहेका थिए।

About Author

Advertisement