खरसाङमा ट्राफिक समस्या समाधानको लागि प्रशासनको एक्शनपछि चालकहरुले विधायकलाई चढाए ज्ञापन साथै विधायकको उपस्थितिमा प्रशासनसित गरे सभा

955fb545-7b78-437f-9c9a-a3e663909fbc

खरसाङ: खरसाङ बजारमा लगातार रूपमा भईरहेको ट्राफिक जामको समस्यालाई मध्यनजर राखेर प्रशासनले बजारका विभिन्न सेण्टिकेटहरूमा गाडी राख्न नदिएपछि ती सेण्टिकेटका चालकहरूले यसको समाधान गरिदिनको निम्ति पुलिस प्रशासनका अधिकारीहरू अनि खरसाङका विधायक सोनाम लामासँग आज औपचारिक भेट गर्दै ज्ञापन पत्र बुझाएका छन् । प्राप्त जानकारी अनुसार गत 24 अक्टोबरको दिन पुलिस प्रशासनबाट खरसाङका विभिन्न सेण्डीगेटमा रहेका गाडीहरुलाई रोडमा राख्न नदिएर 25 अक्टोबरदेखि रोडमा राख्न नपाउने भएपछि सोमवार 26 अक्टोवरदेखि चालकहरुले गाडी बन्द गरेर प्रशानसित सभा गरेका छन्। यस क्रममा खरसाङको 22 वटा सेण्डीगेटका चालकहरुलाई लिएर विधायक सोनाम लामाको उपस्थितिमा सभा सम्पन्न भएको छ। उक्त सभामा विधायक सोनाम लामा, खरसाङ महकुमा पुलिस अधिकारी, ट्राफिक इन्स्पेक्टर पिन्टु मुखर्जी, आईसी पलास मोहन्तो, खरसाङ ट्राफिक पुलिस प्रभारी विकास चामलिङ साथै चालकहरुले सभा गरेका छन्।

यस सभामा रोडमा गाडी राख्ने र सेण्डिकेटहरु परिवर्तन गरिने विषयमा चर्चा परिचर्चा गरिएको छ। सभामा पुलिस प्रशासन र चालकहरुबाट पनि विभिन्न सल्लाह सुझावहरु आएको बताइएको छ‌। यस सभाबारेमा जानकारी गराउँदै विधायक सोनाम लामाले लामो समयदेखि खरसाङमा ट्राफिक समस्या देख्दै आइरहेको कारण प्रशासनबाट शहरको प्रमुख स्थानहरूमा गाडी राख्न र सेण्टिकेटहरु हटाउन निर्देश दिएको बताउँदै यसबारे आज चालकहरू अनि प्रशासनमाझ आफू स्वयं पनि उपस्थित रहेर वार्ता गरिएको औ सबै पक्षबाट विभिन्न सल्लाह सुझाव आएको जनाए। उनले जनताको समस्या अनि गुनासोलाई ध्यानमा राखेर प्रशासनले यस प्रकारको निर्णय लिएको बताए। विधायक सोनाम लामाले खरसाङ बजारमा ट्राफिक समस्यालाई लिएर जनताको पक्षबाट आएको निवेदनपछि पुलिस प्रशासनले कडाईको साथमा एक्शन लिएको बताउँदै यसै विषयमा चालकहरुलाई लिएर सभा सम्पन्न भएको जानकारी गराएका छन्। उनले सभामा पुलिस प्रशासनको तर्फबाट चालकहरुलाई विभिन्न सुझावहरु दिइएको छ भने चालकहरुको पक्षबाट पनि विभिन्न सुझावहरु आएको छ र यसमाथि कार्य गरिने तर खरसाङ बजारलाई ट्राफिकमुक्त बनाउन विभिन्न सेण्डीकेटहरुलाई सारिएको र हिल कार्ट रोडलाई पूर्ण रुपमा खुल्ला गरिने जानकारी गराएका छन्। उनले खरसाङमा पार्किङ स्थल बनाउन सरकारलाई लगातार रुपमा भनिरहेको र काम पनि भईरहेको साथै काम पुृरा नभएसम्म ट्राफिक समस्या समाधानको लागि अस्थायी रुपमा प्रशासनले यो काम गरेको बताएका छन्।

पत्रकारहरुलाई सम्बोधन गर्दै चालक अनि सेण्टिकेटको पक्षबाट फाटाक सेण्टिकेटका सभापति बिरेन्द्र तामाङ अनि घैयाबारी सेण्टिकेटका सभापति धिरेन खातीले विस्तृत जानकारी गराउँदै पुलिस प्रशासनले चालकहरुलाई गाडी रोडमा राख्न नदिएको र प्रशासनले दिएको सुझाव मन नपरेको बताएका छन्। उनीहरुले मंगलवार पनि गाडीहरु पुरानै स्थानतिर राख्ने र पुलिसले एक्शन लिए गाडी र चाबी त्यही छोडिदिने निर्णय गरेको बताएका छन्‌।

About Author

Advertisement