खरसाङ: खरसाङको राज राजेश्वरी भवन नजिक अनि गुरुकुलका नजिक उर्गेन छोयलिङ गुम्बा निर्माणको लागि भूमि पूजनसहित शिलान्यास गरिएको छ। उक्त गुम्बा अखिल भारतीय गुरुङ तमु बुध्दिष्ट एसोसिएसनको संरक्षणमा निर्माण हुन लागेको बताइएको छ। यस गुम्बा निर्माण एको लागि गुम्बा निर्माण कमिटी पनि गठन गरिएको छ। उक्त गुम्बा निर्माण कमिटीमा अध्यक्ष प्रेमेन्द्र गुरूङ, सचिव दिपंकर गुरुङ लगायत अन्यहरु चयन गरिएको छ। यस गुम्बा निर्माणको लागि बौध्द लामाहरुको बाहुलीबाट भूमि पूजन गरेर शिलान्यास कार्य सम्पन्न गरिएको छ। यस अवसरमा अखिल भारतीय गुरुङ तमु बुध्दिष्ट एसोसिएसनको केन्द्रीय सभापति आनन्द तमु लगायत अन्यहरु उपस्थित रहेका थिए। यस गुम्बा निर्माणको लागि शिलान्यास कार्य विषयमा पत्रकारहरुसित कुराकानी गर्दै अखिल भारतीय गुरुङ तमु बुध्दिष्ट एसोसिएसनको केन्द्रीय सभापति आनन्द तमु, गुम्बा निर्माण कमिटीको सभापति प्रेमेन्द्र गुरूङ र सचिव दिपंकर गुरुङले विस्तृत रुपमा जानकारी गराएका छन्।









