नक्सलबारी: खाना पकाउने ग्यास लिन लाइनमा बसेका सर्वसाधारणमाथि दुर्व्यवहार भइरहेको आरोप लगाउँदै तृणमूल कङ्ग्रेस (टिएमसी) का नेता तथा कार्यकर्ताहरूले शुक्रबार नक्सलबारी ब्लक–२ क्षेत्रमा विरोध प्रदर्शन गरेका छन्।
प्रदर्शनकारीहरूले ग्यास बुकिङ कार्यालय अगाडि भेला भएर केन्द्रको भाजपा सरकारविरुद्ध नाराबाजी गर्दै विरोध जनाए। सो क्रममा बिहानदेखि लाइनमा बसेका नागरिकहरूलाई पानी र बिस्कुट वितरणसमेत गरिएको थियो।
सिलगढी महकुमा परिषदका सभाधिपति तथा जिल्ला कोर कमिटी सदस्य अरुण घोषले सर्वसाधारणले खाना पकाउने ग्यास लिन लाइनमा बस्दा विभिन्न प्रकारका कठिनाइ र दुर्व्यवहार सहनुपरेको आरोप लगाए। उनका अनुसार एसआईआर कार्यालयमा लाइनमा बसेपछि ग्यास प्राप्त गर्न नागरिकहरूले समस्या भोग्नुपरेको छ।
यस विषयमा तृणमूल कङ्ग्रेसले आन्दोलन जारी राख्ने पनि उनले बताएका छन्।











