खरसाङ: खरसाङको भिक्टोरिया बोइज स्कूलको पुरानो क्वार्टरमा भीषण आगलागी भएको जानकारी प्राप्त भएको छ। उक्त आगलागी दिउँसो लगभग ३:३० बजीतिर खरसाङको भिक्टोरिया बोइज स्कूल परिसरभित्र रहेका पुराना क्वार्टरमध्ये एकमा अचानक भीषण आगलागी भएको खबर प्राप्त भएको छ। आगो यति द्रुतगतिमा फैलिएको थियो कि स्कूलका कर्मचारी तथा स्थानीय बासिन्दाहरूले केही गर्ने अवसर नै पाएनन्। घटनास्थलमा स्थानीयले तुरुन्तै खबर गरेपछि दमकलका टोलीहरू समयमै आइपुगेका थिए र कडा मेहनतपछि आगोलाई नियन्त्रणमा लिन सफल भए। भिक्टोरियाका स्थानीय राकेश गजमेरका अनुसार, क्वार्टर पूर्ण रूपमा खरानीमा परिणत भए तापनि स्कूल भवन तथा अन्य संरचनामा कुनै क्षति पुगेको छैन।









