खरसाङको प्रगति गाउँ प्रगति संघ टेकवीर बस्तीको सभा र नयाँ सभापति चयन

IMG-20260620-WA0104

खरसाङ: खरसाङको वार्ड नम्बर २ मा रहेको प्रगति गाउँ प्रगति संघ टेकवीर बस्तीको कार्यकारिणी सदस्यहरूको सभा आफ्नो निजी समाज घरमा सम्पन्न भयो। सभाको अध्यक्षता उप-सभापति सुजय गुरुङले गरे साथै सञ्चालन मूल सचिव बीरबल पाखरीनले गरेका थिए।सभाको मुख्य विषय समाजको सभापतिले आफ्नो निजी कारणले गर्दा समाजको कार्यकाल अवधिभित्र नै आफ्नो पदबाट राजीनामा पत्र दिएका थिए। सभामा उपस्थित सम्पूर्ण कार्यकारिणी सदस्यगणको सर सल्लाह अनि पूर्ण सहमतिमा सभापतिको राजीनामा पत्र ग्रहण गरियो। सभापतिको राजीनामा पत्र ग्रहण पश्चात समाजको संविधानको धारा १० को “घ” अनुसार उपस्थित सदस्यहरुले चुनाव प्रक्रिया अनुसार नयाँ सभापति सुजय गुरुङलाई निर्वाचित गरियो। यसको साथै यसै संविधानको धारा १० को “घ”अनुसार बिपेन्द्र राईलाई कार्यकारिणी सदस्य मनोनित गरियो।
अन्त्यमा नयाँ निर्वाचित समाजको सभापति र कार्यकारिणी सदस्यलाई उपस्थित सदस्यहरूले बधाई साथै शुभेच्छा शुभकामना व्यक्त गरे साथै पूर्व सभापति भेलारियन जर्ज लेप्चालाई उनले समाजप्रति दिएको योगदानको निम्ति कृतज्ञतासहित धन्यबाद प्रकट गरेका थिए भनी मूल सचिव बिरबल पाखरीनले दिएका छन्।

About Author

Advertisement