खरसाङको अम्बटे चियाबारीमा भागोप्रमोको चुनावी सभा सम्पन्न

IMG-20240422-WA0178.jpg

यसपालीको चुनावमा विष्टलाई होइन ईष्टलाई भोट दिनु दिनु हवस: अनित थापा

खरसाङ: खरसाङको अम्बटे चियाबारीमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापाको उपस्थितिमा गोपाल लामाको पक्षमा चुनावी सभा सम्पन्न भएको छ। उक्त चुनावी सभा भागोप्रमो अम्बटे ब्लक कमिटीको सभापति अमृत छेत्रीको अध्यक्षता र सचिव तुषार राईको सञ्चालनमा सम्पन्न भएको छ। उक्त चुनावी सभालाई सम्बोधन गर्दै भागोप्रमो केन्द्रीय अध्यक्ष एंव जीटीए प्रमुख अनित थापाले हेलिकप्टरबाट आएका प्रार्थी र चिन्हलाई होइन तर आफ्नै ठाउँको भूमिपुत्र प्रार्थीलाई भोट दिने अपिल गरेका छन्। उनले प्रार्थी गोपाल लामाको परिचय गराउँदै यसपालीको चुनावमा विष्टलाई होइन ईष्टलाई भोट दिनु पर्ने सबैलाई आह्वान् गरेका छन्। उनले, ‘पहिला हाम्रो ईष्ट देवलाई खुशी पार्नुपर्छ त्यसपछि मात्र केन्द्रलाई खुशी पार्नु पर्ने बताएका छन्। अहिलेलाई ईष्टदेवलाई खुशी पार्नु पर्ने बताएका छन्। आफ्नो सम्बोधनमा अनित थापाले अम्बटे क्षेत्रको लागि आर्थिक अवस्था सुधार गर्नलाई पर्यटन व्यवसायलाई सुधारेर अघि लाने, अम्बटेमा झील निर्माण गर्ने तथा अम्बटेको कोठीडाँडामा पर्यटनको लागि शिवजीको ठूलो मूर्ति निर्माण गरिदिने तथा सार्वजनिक भवनहरू बनाईदिने वाचा गरेका छन्। थापाले अम्बटे बगान खोलाउन पहल भईरहेको र अब आउने मालिक स्थायी रूपमा बगानचलाउन सक्ने हुन पर्ने विषयमा जोड़ दिइएको बताएका छन्। उनले अम्बटेमा आएर भाजपाले केवल आश्वासन मात्र दियो तर पाँच वर्षसम्म केही गरेन अनि भोटको बेला फेरि भोट माग्न मात्र आउने तर यसपाली धोका दिनेलाई होइन तर अम्बटेको विकास र उन्नतिको लागि भोट दिने अनुरोध गरेका छन्। उनले म अम्बटेलाई चाहिने कुरा गरिरहेका छौं, विकासको लागि कार्य गरिरहेका छौं भन्दै अम्बटेलाई पर्दा आफु सदैव साथमा रहेको बताएका छन्। उनले भने, मैले ढाटेर केही हुँदैन, मलाई तपाईहरूले भेटिहाल्नु हुन्छ। यसपाली अम्बटेले ढाट्नेलाई होइन तर विकास गर्नेलाई भोट दिनु हवस।’
उनले हिजो गृहमन्त्री अमीत शाहले गोर्खाहरूलाई सम्बोधन समेत गर्न नआएको बताउँदै भाजपाले पन्ध्र वर्षसम्म केवल ढाट्ने काम गरेको र कतिपल्ट विश्वास गर्नु हुन्छ भनी प्रश्न गरेका छन्। यसपाली अनित थापालाई होइन, गोपाल लामालाई होइन तर आफ्नो र क्षेत्रको विकासको लागि भोट दिने आह्वान् गरेका छन्।

चुनावी सभालाई क्षेत्रीय सभासद कल्पना प्रधानले सम्बोधन गर्दै अम्बटे बगान बन्द भएको विषयमा हामी चिन्तित छौं र यसमाथि पार्टी अध्यक्ष एंव ट्रेड युनियनहरूले पहल गरिरहेको जानकारी गराएका छन्। उनले अम्बटेमा स्वास्थ्य केन्द्रको निर्माण भईरहेको, आँगनवाडी केन्द्रहरू बनिरहेको र धेरै विकासको कार्यहरू भईरहेको बताउँदै अनित थापाको कार्यलाई हेरेर यसपाली गोपाल लामालाई जिताउने आह्वान् गरेका छन्। कल्पना प्रधानले राशन भाजपाले दिएको होइन तर राज्य सरकारले दिएको हो भन्दै यसपाली हामीले गोपाल लामाको रूपमा भूमिपुत्र प्रार्थी पाएका छौं भनी बताइन्। उनले यसपाली मुखवीरलाई होइन तर कर्मवीरलाई भोट दिने आह्वान् गरेका छन्। चुनावी सभालाई भागोप्रमो अम्बटे ब्लक कमिटीको सभापति अमृत छेत्रीले पनि सम्बोधन गरेका थिए। भागोप्रमो अम्बटे चियाबारी अन्तर्गत पाँचवटा बुथहरूलाई उक्त चुनावी सभा सम्पन्न भएको थियो। सभामा पाण्डु ग्राम पञ्चायतको प्रधान रञ्जिता लामा, पञ्चायत समिति सदस्य भक्तिमान तामाङ, पञ्चायत सदस्य केवल सुब्बा लगायत अन्यहरू उपस्थित रहेका थिए।

About Author

Advertisement