क्वार्टर फाइनलमा पुग्न सफल जीटी बोइज लेबोंग

photocollage_202373111037607.jpg

३१ जुलाईः बालासन युथ क्लब (१५ लाइन, धोतरिया बालासन, दार्जीलिङ)-को तत्त्वावधानमा आयोजित ओपन नक्आउट फूटबल टुर्नामेण्टमा आइतवार एउटा प्री-क्वार्टर फाइनल म्याच खेलियो। धोतरिया बालासन स्कूल खेल मैदानमा भएको म्याचमा जीटी बोइज लेबोंगले अप्पर धोतरिया स्पोर्टिंग क्लबलाई पेनल्टी शूटआउटमा ६-५-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। यस सेभेन ए साइड टुर्नामेण्टको फाइनल २० अगस्तमा खेलिनेछ। च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ भनी बालासन युथ क्लबका सचिव निहाल राईले जनाएका छन्।

About Author

Advertisement