रम्फू: जिल्लाभरिमा रक्तदानको क्षेत्रमा उल्लेख्य कार्य गरेवापत हालै लायन्स क्लब इण्टरनेशनल ३२२ एफद्वारा रिजन-१, जोन १-का चेयरम्यान लायन सञ्जय अग्रवालसहित लायन्स क्लब अफ् रम्फू गेटवे अफ् सिक्किमका रक्तदान संयोजक लायन राकेश अग्रवाललाई पुरस्कारद्वारा सम्मान जनाइएको थियो भने यसबारेमा आज एक संक्षिप्त कार्यक्रममाझ लायन्स क्लब अफ् रम्फूका सदस्यहरूले दुवै सदस्यलाई बधाई एवं शुभकामना दिएका छन्। लायन्स क्लब अफ् रम्फू गेटवे अफ् सिक्किमका सभापति लायन प्रमोद प्रसाद, सचिव लायन गौतम अग्रवाल, कोषाध्यक्ष लायन रूपम अग्रवाल, सदस्यगण लायन प्रवेश लुनिया, लायन गौरव छेत्री, लायन सुरेश प्रसाद लगायत अन्यले आजको कार्यक्रममा क्षेत्रमा रक्तदान विषयबारे सम्बन्धित विषयहरूमा छलफल गरे। जोन चेयरम्यान लायन सञ्जय अग्रवालले पुरस्कारको श्रेय सबै पाँचवटा क्लबका सदस्यहरूलाई दिँदै विशेष रूपले लायन्स क्लब अफ् सिलगड़ी उन्नति र लायन्स क्लब अफ् रम्फू गेटवे अफ् सिक्किमका सदस्यहरूको उपस्थिति रहेको विचार पोखे।









