नयाँ दिल्ली: अखिल भारतीय फूटबल महासंघ (एआईएफएफ)-ले क्रिस्पिन छेत्रीलाई फेरि राष्ट्रिय सीनियर महिला टीमको मुख्य प्रशिक्षक नियुक्त गऱ्यो। क्रिस्पिन गत वर्षसम्म मुख्य प्रशिक्षक पदमा रहेका थिए अनि उनले भारतीय महिला टीमलाई एएफसी महिला एशियन कपको निम्ति क्वालीफाई गराउनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए तर टुर्नामेण्टको ठीक अघि जनवरीमा कोस्टा रिकाकी एमेलिया भाल्भर्देलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको थियो। यसरी क्रिस्पिनलाई सहायक प्रशिक्षक बनाइएको थियो। भाल्भर्देको प्रशिक्षणमा टीमले अष्ट्रेलियामा भएको एएफसी महिला एशियन कपमा निराशाजनक प्रदर्शन गर्दै तीनैवटा म्याच हारेर ग्रुप चरणमै बिदा लिएको थियो। टुर्नामेण्टको समापनपछि एआईएफएफ ले उनको अनुबन्ध नवीनीकरण नगर्ने फसेला गऱ्यो। मुख्य प्रशिक्षक पद सम्हाल्नको साथै क्रिस्पिन छेत्रीले फीफा सीरीज २०२६-को निम्ति २२ सदस्यीय टीमको घोषणा पनि गरे। भारतीय महिला टीम अहिले केन्याको राजधानी नाइरोबीमा रहेको छ। त्यहाँ भारतले सेमिफाइनल म्याचमा आयोजक केन्याको चुनौती स्वीकार्नेछ। म्याच ११ अप्रेलमा खेलिनेछ। त्यही दिन दोस्रो सेमिफाइनलमा अष्ट्रेलिया र मालावीबीच भिड़न्त हुनेछ। त्यसपछि तेस्रो स्थान र फाइनल म्याच १५ अप्रेलमा खेलिनेछ।










