मिरिक: क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टी मिरिक आञ्चलिक समितिले पश्चिम बंगालको मुख्यमन्त्रीलाई मिरिक खण्ड विकास अधिकारीमार्फत् आज ज्ञापन सुम्पिएका छन्। उक्त ज्ञापन दिने टोलीमा केन्द्रीय सह सचिव एवं क्रामाकपा मिरिक आञ्चलिक समितिको अध्यक्ष कैलास खवास, केन्द्रीय सदस्य गणेश राई, महापरिषद सदस्यगण फुलमान राई, शुक छिरिङ लेप्चासित दशजनाले सहभागिता जनाएका थिए। ज्ञापन पत्रमा उल्लेखित पहाडको जल्दो बल्दो समस्यामाथि बुदागत खण्ड विकास अधिकारीलाई पढेर सुनाइयो अनि चर्चा गरियो।

ज्ञापन टोलीको कुरा सुनेपछि खण्ड विकास अधिकारीले ज्ञापन पत्रमा सम्बोधन मुख्य मन्त्रीलाई गरेको हुनाले यो ज्ञापन पत्र पठाइदिने वचन दिएका छन्।
ज्ञापनमा उल्लेखित नभएको एम आर्ट शपबाट राशन जति पाइनु पर्ने मेसेज आउँछ त्यती नपाएको कुराहरू पनि उठाइएको जानकारी प्राप्त भएको छ।










