क्रामाकपाद्वारा मार्क्सवादी साहित्य” माथि शिक्षा शिविरको आयोजना

IMG-20230521-WA0324.jpg

दार्जिलिङ: क्रामाकपाको पूर्व घोषित कार्यक्रम अनुसार “मार्क्सवादी साहित्य” माथि क्रामाकपाका दोस्रो र तेस्रो पंक्तिका नेतृत्वगणलाई लिएर शिक्षा शिविर क्रामाकपा केन्द्रीय कमिटीको आयोजनामा केन्द्रीय कार्यालयमा सम्पन्न गरियो। कार्यक्रमको अध्यक्ष क्रामाकपाको श्रमिक संगठन (दातडुचिकमयु)का महासचिव केबी सुब्बाले गरेका थिए। शिक्षा शिविरलाई क्रामाकपा महासचिव नर्बु लामा, सह सचिव कैलाश खवास, प्रवक्ता अरुण घतानी, वरिष्ठ केन्द्रीय सदस्य आरपी पाख्रिन, परामर्श समितिको चेयरम्यान आरबी राई आदिले सम्बोधन गरेका थिए। कार्यक्रमको सञ्चालन केन्द्रीय उपाध्यक्ष अर्जुन थापाले गरेका थिए।
शिक्षा शिविरलाई सम्बोधन गर्न अघि गोर्खे गाँधी, गणतन्त्र र गोर्खाल्याण्डको निम्ति आफ्नो गर्धन दिने स्व मदन तामाङलाई स्मरण गर्दै एक मिनटको मौनधारण धारण गरियो। स्व मदन तामाङलाई स्मरण गर्दै भूपु सांसद (लोक अनि राज्यसभा) आरबी राईले श्रध्दाञ्जली अर्पण गरेका थिए। शिक्षा शिविरलाई सम्बोधन गर्ने क्रममा क्रामाकपा परामर्श समितिका चेयरम्यान आरबी राईले भने “पहाडमा जुन प्रकारको भ्रष्टाचार छ, जातीय आन्दोलनलाई बिथोल्ने शक्तिहरू सक्रिय भएर काम गरिरहेका छन् एकातिर भने अर्कातिर भने भारत सरकारले आफ्नो संकल्प पत्रमा उल्लेख गरेको गोर्खा जातिको मुद्दा पनि आजसम्म समाधान गर्न सकिरहेको छैन। जसको निम्ति हामीले जुन प्रकारले दवाब दिन पर्ने त्यो काम हुन सकेको छैन। क्रामाकपा नै यसको निम्ति यस्तो शक्तिको रुपमा स्थापित हुनुपर्छ किनभने क्रामाकपा एउटा इमान्दार अनि आदर्श र सिद्धान्तमा विश्वास राख्ने राजनैतिक दल हो। यो दलले यस्ता विभ्रान्तिकर साथ साथै जाति द्रोही शक्तिहरूलाई परास्त गर्न परिवर्तनको एउटा नारा लिएर आमुल परिवर्तनको निम्ति सबै कार्यकर्ताहरू सैध्दान्तिक, आदर्शगत, व्यवहारिक रुपमा तयार भएर लागी पर्नु पर्ने हुन्छ।’
शिक्षा शिविर सम्पन्न भएपछि क्रामाकपाका ६ जनाको टोली क्रामाकपाका महासचिव नर्बु लामा र केन्द्रीय प्रवक्ता अरुण घतानीको नेतृत्वमा स्व मदन तामाङको सालिगमा गई माल्यार्पण/खदार्पण गरी श्रध्दाञ्जली अर्पण गरेका थिए।

About Author

Advertisement