क्रामाकपाको वरिष्ठ नेता गोबिन छेत्रीको निधन

IMG-20220903-WA0138.jpg

दार्जिलिङ: क्रामाकपा केन्द्रीय परामर्श समितिको सल्लाहकार एंव पूर्व केन्द्रीय प्रवक्ता गोबिन छेत्रीको निधन भएको छ। दार्जिलिङको निम्की डाँड़ा निवासी गोबिन छेत्री लामो समयदेखि क्रामाकपा पार्टीमा केन्द्रीय प्रवक्ताको रहेका थिए भने विगत एक वर्षदेखि बिमारीको कारणले उनी केन्द्रीय परामर्श समितिको सल्लाहकार रहेका थिए। गोबिन छेत्री विगत एक वर्षदेखि किड्नी रोगसित जुँझ्दै आएका थिए भने उनी डायोलेसिस गर्दै सिलगढीको शास्त्रीनगरमा बस्दै आएका थिए। यसै क्रममा उनलाई आज सिलगढीको एक निजी नर्सिङ होममा उपचारको लागि भर्ना गरिएको अनि यसै अवधि आज दिउँसो २ देखि ३ बजेको समयमा लगभग ६० वर्षको उमेरमा निधन भएको जानकारी प्राप्त भएको छ। उनले क्रमाकापा पार्टीलाई सर्वस्व दिएका थिए। उनको मृत शरीरलाई सिलगढीमा नै अन्तिम संस्कार गरिने अथवा दार्जिलिङ ल्याइने विषयमा क्रामाकपा पार्टीको सभा बसेर निर्णय लिइने जानकारी प्राप्त भएको छ।

हार्दिक श्रध्दाञ्जली कम. गोविन्द छेत्री।

About Author

Advertisement