क्यापमा ५५ नयाँ युवा सदस्यको प्रवेश, अध्यक्ष राईको नेतृत्वमा सभा सम्पन्न

n70028374417706566538370b31fbc756208c93071626a2cfd03b251219b66c08025f2e55c2263706aacac1

मल्ली: सिटिजन एक्सन पार्टी (क्याप) सिक्किमको युवा समन्वय सभा आज पार्टी अध्यक्ष गणेश राईको अध्यक्षतामा सम्पन्न भयो। सभामा विभिन्न राजनीतिक दल छोडेर ५५ जना नयाँ सदस्य क्यापमा औपचारिक रूपमा सामेल भएको दाबी गरिएको छ।
अध्यक्षीय सम्बोधनमा गणेश राईले जनताका सामूहिक मुद्दालाई नेतृत्व दिन क्याप पूर्ण रूपमा तयार रहेको बताए। उनले लोकतन्त्रमा जनता सर्वोपरी हुने भएकाले जनइच्छाविपरीत आम नागरिकलाई प्रताडित गर्दै सत्ता टिकाइराख्ने एसकेएमको प्रयास सफल नहुने दाबी पनि गरे।
सिक्किमको इतिहास स्मरण गर्दै अध्यक्ष राईले विश्वका धेरै देशहरू उपनिवेशवादको चपेटामा परेको बेला सिक्किम जस्तो सानो देश स्वतन्त्र र सार्वभौम रहेको उल्लेख गरे। तर, वर्तमान अवस्थामा राज्य नेतृत्वले सम्पत्ति बेच्दै ऋणको पहाड खडा गरेको र राज्यलाई आत्मसमर्पणको अवस्थामा पुर्‍याएको आरोप उनले लगाए।
सभामा राज्यका सबै जिल्लाबाट विभिन्न पार्टी छोडेर ५५ जना युवा सदस्य क्यापमा सामेल भएको जनाइएको छ। नयाँ सदस्यहरू सोनाम वाङ्गेल भोटिया (भाइचुङ), योगेश खतिवडा, रमेश दाहाल र उगेन छिरिङ भोटियाले सत्तामा व्याप्त अनियमितता, दुरुपयोग र भ्रष्टाचार स्वीकार गर्न नसकेर सबै सुविधाहरू त्यागेर पार्टीमा प्रवेश गरेको बताए।
सभामा वर्तमान सिक्किमको राजनीतिक परिस्थिती, कथित आर्थिक अनियमितता, भाई-भतिजावाद र प्रशासनिक कमजोरीबारे पार्टीका नेताहरूले गहिरो चिन्ता व्यक्त गर्दै आफ्ना धारणा प्रस्तुत गरेका छन्।

About Author

Advertisement