कोविड़ सिक्किम: राज्य बन्यो कोरोनामुक्त

IMG_20210910_192109-1-1.jpg

गान्तोक: राज्यमा कोरोनाको एउटा रहेकाे सक्रिया मामिला पनि निको भएर सामान्य जीवनमा फर्किएपछि सिक्किम कोरोना मुक्त राज्य बनेको छ। हिजो कूल ८९ जनाले कोरोनाको जाँच गरेकाे भने कसैमा संक्रमण पाइन। जाँच गरनेहरूमा गान्तोक जिल्लाबाट सर्वाधिक ८१ जना, पाकिम जिल्लाबाट ४ जना, गेजिङ जिल्लाबाट २ अनि सोरेङ जिल्लाबाट २ जना छन्। अहिलेसम्म राज्यका ४४,३२२ जना कोरोना संक्रमित बनिसकेका छन् भने ४३,०३९ जना यसरोगबाट मुक्त बनिसकेका छन्। यस रोगबाट २०२० देखि अहिलेसम्म ४९९ जनाले ज्यान गुमाइसकेका छन्। राज्यको स्वास्थ्य विभागद्वारा जारी गरिएको रिपोर्ट अनुसार राज्यको दैनिक संक्रमण दर र साप्ताहिक संक्रमण दर शून्य रहेको छ।

About Author

Advertisement