गान्तोक: राज्यमा आज ८२ जना कोरोना संक्रमित रोगी फेला परेको र १२८ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएको राज्य स्वास्थ्य विभागद्वारा जारी गरिएको रिपोर्टमा उल्लेख गरेको छ। यो रोगले आज कसैको मृत्यु न भएकाे विभागले जनाएको छ।
स्वास्थ्य विभागले जानकारी गराए अनुसार हिजो कूल ५७९ जनाले कोरोना जाँच गरेकोमा, गान्तोक जिल्लाबाट २३, पाकिमबाट १२, गेजिङबाट ९, सोरेङबाट १४, नाम्चीबाट २१ र मंगनबाट ३ गरि कुल ३७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। विभागले जारी गरेको कोरोनाको आंकडा अनुसार हाल राज्यमा उपचारधीन रहेका कोरोना रोगीहरूको संख्या घटेर ७६७ रहेको छ।। राज्यमा आज कोरोना सकारात्मकता दर १४.१६ प्रतिशत दर्ता भएको छ।
अहिलेसम्म राज्यमा ४०,३६६ जना यस रोगलाई जितेर स्वास्थ्य लाभ लिइरहेका छन् भने वर्ष २०२० देखि अहिलेसम्म ४२,३८३ जना कोरोना संक्रमित बनिसकेका छन्। हालसम्म यस रोगको कारण हालसम्म ४७२ जनाको मृत्यु भइसकेको छ।










