कोविड़ सिक्किम: कूल ८३ जनाको कोरोना जाँच

गान्तोक: सिक्किममा दैनन्दिन कोरोनाभाइरस संक्रमणको संख्यामा कमी देखापरिरहेको छ। धेरै दिनदेखि कोरोनाको नयाँ मामिला फाटाक-फुटुक मात्र देखापरिरहेको छ भने हाल सक्रिय मामिला शून्य रहेको छ। निरन्तर रूपमा नयाँ मामिलामा ह्रास आएपछि गत एक हप्तामा राज्यमा कोरोना पोजिटिविटी दर शून्य रहेको छ।

आज पनि ८३ जनाको कोरोना जाँच गरिएको थियो, जसमा गान्तोकबाट ५७ जना, पाकिमबाट ८ जना, गेजिङबाट ४ जना, सोरेङबाट ५ जना र नाम्चीबाट ९ जना गरेका थिए। जसमध्ये एकजना पनि कोरोना रोगी फेला नपरेको राज्यको स्वास्थ्य एवं परिवार कल्याण विभागद्वारा जारी दैनिक हेल्थ रिपोर्टमा बताइएको छ। राज्यमा आज कोरोना सकारात्मकता दर ० प्रतिशत दर्ता भएको छ। 

अहिलेसम्म राज्यमा ४३,०३८ जना यस रोगलाई जितेर स्वास्थ्य लाभ लिइरहेका छन् भने वर्ष २०२० देखि अहिलेसम्म ४४,३२१ जना कोरोना संक्रमित बनिसकेका छन्। राज्यमा अहिलेसम्म कोरोनाले ४९९ जना संक्रमितको मृत्यु भइसकेको छ। 

About Author

Advertisement