कोविड़ सिक्किम: आज कोरोनाको २ नयाँ मामिला, १ जना भए कोरोनामुक्त

IMG_20210910_192109-1-2.jpg

गान्तोक: आज राज्यमा कोरोनाको २ वटा नयाँ मामिला अघि आएको र १ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएको राज्य स्वास्थ्य विभागद्वारा जारी गरिएको रिपोर्टमा उल्लेख गरेको छ। आज यो रोगले कसैको मृत्यु भएन।

स्वास्थ्य विभागले जानकारी गराए अनुसार हिजो कूल ९७ जनाले कोरोना जाँच गरेकोमा, पूर्व सिक्किमबाट १ जना र पश्चिम सिक्किमबाट १ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। विभागले जारी गरेको कोरोनाको आंकडा अनुसार हाल राज्यमा उपचारधीन रहेका कोरोना रोगीहरूको संख्या बढ़ेर ४८ पुगेको छ। राज्यमा आज कोरोना सकारात्मकता दर २ प्रतिशत दर्ता भएको छ। 

अहिलेसम्म राज्यमा ३७,९९९ जना यस रोगलाई जितेर स्वास्थ्य लाभ लिइरहेका छन् भने वर्ष २०२० देखि अहिलेसम्म ३९,२५६ जना कोरोना संक्रमित बनिसकेका छन्। हालसम्म यस रोगको कारण हालसम्म ४५४ जनाको मृत्यु भइसकेको छ।

About Author

Advertisement