नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको १३५ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,४६,७६,०८७ पुगेको छ। त्यहिं गत २४ घण्टामा कोरोनाले केरालामा २ जनाकाे मृत्यु भएकाे छ। अहिलेसम्म देशमा यो रोगले कुल ५,३०,६७४ जना मानिसहरूको मृत्यु भइसकेको छ। यसरी नै यस अवधिमा १२६ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४१,४१,८५४ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८,८०℅ रहेको छ।
हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या आज ३,५५९ रहेको छ।
भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी. एम. आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी १,१४,७९२ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ९०,९१,६१,७०१ जनको परीक्षण भइसकेको छ। यसरी नै, २४ घण्टमा ७,८८९ जनाले कोरोना खोप लगाउनको साथ कुल २,,२०,००,४४,६७८ जनाले यो खोप लगाइसकेको छन्।










