कोविड़ बङ्गाल: कोरोनाको १९३ नयाँ मामिला, २८३ जना भए कोरोनामुक्त, २ जनाकाे मृत्यु

IMG_20211223_141043-1-1.jpg

कोलकाता: पश्चिम बङ्गालमा राज्य स्वास्थ्य मन्त्रालयद्वारा जारी आकडाअनुसार, हिजो पश्चिम बङ्गालमा कोरोनाको मोठ १९३ नयाँ मामिला अघि आएको छ भने यस रोगले २ जनाको मृत्यु पनि भएकाे छ। यसरी नै यस अवधिमा २८३ जना कोरोनामुक्त भएका छन्।

स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार, हिजो ८,३४५ जनाको कोरोना परीक्षण गरिनेको साथ अहिलेसम्म कुल २६,३१४,९९२ जनाको परीक्षण भएको छ।

हालसम्म बङ्गालमा २१,०७,७०७ जना कोरोनाले संक्रामित भएको छन् भने २०,८३,९६७ जना यो रोगबाट निको पनि भएको छन्। यसरी नै अहिलेसम्म कोरोनाले कुल २१,४७२ जनाले जान गुमाएको छ।

राज्यमा गत २४ घण्टको रिकवरी दर ९८.८७℅ र सकारात्मक दर २.३१℅ दर्ता गरिएको छ। अहिलेसम्म, राज्यमा कुल ६४,७२६,७९५ जनाले कोरोना रोधिको पूर्ण खोप लगाइ सकेको छन्।

About Author

Advertisement