कोलकाता: पश्चिम बङ्गालमा राज्य स्वास्थ्य मन्त्रालयद्वारा जारी आकडाअनुसार, हिजो पश्चिम बङ्गालमा कोरोनाको मोठ १८१ नयाँ मामिला अघि आएको छ भने यस रोगले १ जनाको मृत्यु पनि भएकाे छ। यसरी नै यस अवधिमा २७८ जना कोरोनामुक्त भएका छन्।
स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार, हिजो ७,८४९ जनाको कोरोना परीक्षण गरिनेको साथ अहिलेसम्म कुल २६,३२२,८४१ जनाको परीक्षण भएको छ।
हालसम्म बङ्गालमा २१,०७,८८८ जना कोरोनाले संक्रामित भएको छन् भने २०,८४,२४५ जना यो रोगबाट निको पनि भएको छन्। यसरी नै अहिलेसम्म कोरोनाले कुल २१,४७३ जनाले जान गुमाएको छ।
राज्यमा गत २४ घण्टको रिकवरी दर ९८.८८℅ र सकारात्मक दर २.३१℅ दर्ता गरिएको छ। अहिलेसम्म, राज्यमा कुल ६४,७२६,७९५ जनाले कोरोना रोधिको पूर्ण खोप लगाइ सकेको छन्।











