कोविड़ बङ्गाल: कोरोनाको १०० नयाँ मामिला, ३११ जना भए कोरोनामुक्त, १ जनाकाे मृत्यु

कोलकाता: पश्चिम बङ्गालमा राज्य स्वास्थ्य मन्त्रालयद्वारा जारी आकडाअनुसार, हिजो पश्चिम बङ्गालमा कोरोनाको मोठ १०० नयाँ मामिला अघि आएको छ भने यस रोगले १ जनाको मृत्यु पनि भएकाे छ। यसरी नै यस अवधिमा ३११ जना कोरोनामुक्त भएका छन्।

स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार, हिजो ५,४३२ जनाको कोरोना परीक्षण गरिनेको साथ अहिलेसम्म कुल २६,२७०,३८१ जनाको परीक्षण भएको छ।

हालसम्म बङ्गालमा २१,०६,६२४ जना कोरोनाले संक्रामित भएको छन् भने २०,८२,४४७ जना यो रोगबाट निको पनि भएको छन्। यसरी नै अहिलेसम्म कोरोनाले कुल २१,४६१ जनाले जान गुमाएको छ।

राज्यमा गत २४ घण्टको रिकवरी दर ९८.८५℅ र सकारात्मक दर १.८४℅ दर्ता गरिएको छ। अहिलेसम्म, राज्यमा कुल ६४,६६४,३५९ जनाले कोरोना रोधिको पूर्ण खोप लगाइ सकेको छन्।

About Author

Advertisement