कोलकाता: पश्चिम बङ्गालमा कोरोना संक्रमण बढ्न थालेको छ। राज्य स्वास्थ्य मन्त्रालयद्वारा जारी आकडाअनुसार, गत २४ घण्टमा पश्चिम बङ्गालमा कोरोनाको मोठ ३७७ नयाँ मामिला अघि आएको छ भने आज यस रोगले ५ जनाको मृत्यु पनि भएको छ। यसरी नै यस अवधिमा ९१७ जना कोरोनामुक्त भएका छन्।
हालसम्म बङ्गालमा २०,९९,४३३ जना कोरोनाले संक्रामित भएको छन् भने २०,७०,७३१ जना यो रोगबाट निको पनि भएको छन्। यसरी नै अहिलेसम्म कोरोनाले कुल २१,४०० जनाले जान गुमाएको छ।
स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार, गत २४ घण्टमा ६,५७४ जनाको कोरोना परीक्षण गरिनेको साथ अहिलेसम्म कुल २६,०७६,४४३ जनाको परीक्षण भएको छ।
राज्यमा गत २४ घण्टको रिकवरी दर ९८.६३℅ र सकारात्मक दर ५.७३℅ दर्ता गरिएको छ। अहिलेसम्म, राज्यमा कुल ६४,४३४,८३३ जनाले कोरोना रोधिको पूर्ण खोप लगाइ सकेको छन्।











