कठमाडौँ: नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा थप ८१४ जना कोरोना भाइरसले ग्रसित भएको छन् भने यो रोगले आज कसैको मृत्यु भएन।
मन्त्रालयअनुसार हिजो ५,४१५ जनाको कोरोना परीक्षण गरेकोमा ८१४ जनामा संक्रमण पुष्टि भएको छ। (२,७६२ जनाको आरटी-पीसीआर परीक्षणमा ५०९ जना अनि २,६५३ जनाको एन्टीजेन परीक्षणमा ३०५ जना गरी ८१४ जना)
देशभरी, पछिल्लो २४ घण्टामा कोरोनाबाट २९९ जना निको भएका छन् भने हाल सक्रिय संक्रमित मामिला ५,१४४ रहेको छ। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.३℅ दर्ता गरिएको छ।
अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,३०,९३८ पुगेको छ भने ११,९६८ जनाको मृत्यु भएको छ। यसरी नै ९,७०,६२५ जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।
अहिलेसम्म कोरोना रोधीको पूर्ण खोप लाउनेको कुल सङ्ख्या २,०५,९२,४१६ रहेको छ।










