कठमाडौँ: नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा थप ४४४ जना कोरोना भाइरसले ग्रसित भएको छन् भने यो रोगले आज ३ जनाको मृत्यु पनि भएकाे छ।
मन्त्रालयअनुसार हिजो ४,९५४ जनाको कोरोना परीक्षण गरेकोमा ४४४ जनामा संक्रमण पुष्टि भएको छ। (१,९९६ जनाको आरटी-पीसीआर परीक्षणमा २११ जना अनि २,९५८ जनाको एन्टीजेन परीक्षणमा २३३ जना गरी ४४४ जना)
देशभरी, पछिल्लो २४ घण्टामा कोरोनाबाट ३०७ जना निको भएका छन् भने हाल सक्रिय संक्रमित मामिला ४,१९९ रहेको छ। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.४℅ दर्ता गरिएको छ।
अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,४६,५०५ पुगेको छ भने ११,९९८ जनाको मृत्यु भएको छ। यसरी नै ९,८०,२४५ जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।
अहिलेसम्म कोरोना रोधीको पूर्ण खोप लाउनेको कुल सङ्ख्या २,१२,७५,९६७ रहेको छ।











