कोविड तयारीलाई लिएर जिल्लास्तरीय टास्क फोर्सको बैठक

2AP1TD2-b598c7937e0cb7c3ddb3d98f6d897d82.jpg

नाम्ची: कोविड तयारीलाई लिएर आज, जिल्लापाल टाशी छोपेल लेप्चाको अध्यक्षतामा, जिल्लास्तरीय टास्क फोर्सको बैठक सम्पन्न भयो। बैठक आयोजन गर्नुको मुख्य उद्देश्य जिल्लामा कोरोना स्थितिको समीक्षा गर्नु र भावी कार्य योजनामाथि चर्चा गर्नु रहेको थियो। बैठकमा योग्य लाभार्थीहरूलाई कोरोनाको सावधानी खुराक सुनिश्चित गर्न बल दिइयो।

पाकिमका एडीसीले मुख्य सचिवको अध्यक्षतामा केही दिनअघि आयोजित बैठकबारे जानकारी गराइन्। उनले राज्य टास्क फोर्सले कोविड रोकथाम गर्न गरिरहेका कार्यहरूबारे पनि जानकारी गराइन्। उनले १५ वर्षभन्दा कम उमेरका नानीहरूलाई पनि टीकाकरण कार्यक्रममा सामेल गर्नुपर्ने विषय बल दिइन्। उनले कोविड केन्द्रहरूको स्थापनाका साथै स्कूलहरूमा पनि टीकाकरण गरिनु पर्ने बताइन्।

बैठकमा पाकिम, रंगेली र रिनाकमा एकान्तवासको समयावधि, सकारात्मक मामिलाको संख्या, सावधानी खुराक, कोविड केन्द्रको पहिचान आदि विषय पनि चर्चा गरियो। बैठकमा उपस्थित अधिकारीहरूले सुझाउहरू पनि राखेका थिए।

About Author

Advertisement