कोलकाता हाई कोर्टले अमित शाहको जनसभा धर्मतल्लामा आयोजना गर्ने अनुमति दियो

IMG-20230410-WA0169-11-300x172-6

कोलकाताः कोलकाता हाई कोर्टको खण्डपीठले कोलकाताको धर्मतल्लामा केन्द्रिय गृहमन्त्री अमित शाहको जनसभा आयोजना गर्ने अनुमति दिएको छ। कोर्टले भन्यो अमित शाहको सभामा पुलिसले कुनै पनि अतिरिक्त शर्त लगाउन सक्दैन। यो सभा त्यै ठाउँमा हुनेछ जहाँ सत्तारूढ़ पार्टी तृणमूल कङ्ग्रेसले आगामी २१ जुलाईमा जनसभा गर्नेछ।

हाई कोर्टको एकल पीठको आदेशविरूद्ध राज्य सरकारले मुख्य न्यायाधीश टी एस शिवगणनम औ हिरणमय भट्टाचार्यको खण्डपीठमा पुनर्विचार याचिका दर्ता गराएको थियो जसमाथि शुक्रवार कोर्टले अन्तिम सुनवाई गऱ्यो। कोलकाता पुलिसको आलोचना गर्दै खण्डपीठले भन्यो, यदि यस्तै हो भने तृणमूल कङ्ग्रेसलाई पनि २१ जुलाईमा जनसभा गर्ने अनुमति दिइनेछैन। भाजपाले दुई हप्ताअघि आवेदन गरेको छ यही नै पर्याप्त छ। यस अतिरिक्त पुलिसद्वारा कुनै पनि प्रकारको अतिरिक्त शर्त राखिनु हुँदैन।

राज्य सरकारको कड़ा आलोचना गर्दै हाई कोर्टले भन्यो, कोलकातामा धेरै कुराहरू भइरहेका छन्, तर भाजपाको कार्यक्रमलाई लिएर राजनीतिक फसेला लिइँदैछ। राज्य सरकारको पक्षबाट कोर्टमा नियमहरूको कुरा गरिँदा न्यायधीसले भने, सत्तारूढ़ पार्टीको कार्यक्रममा यी नियमहरूमाथि किन ध्यान दिइँदैन? मुख्य न्यायाधीशले भने, बालीगञ्ज क्षेत्रमा अबेर राती ३:०० बजेसम्म ड्रम बजाउँदै मानिसहरूले शोभायात्रा निकालेका छन्। बितेको चार-पाँच दिनअघि मैले देखेँ, ट्रकको छतमा नानीलाई बसाएर मानिसहरू गइरहेका थिए। मालवाहक ट्रकहरूमा मानिसहरूले यात्रा गरिरहेका छन्। त्यसबेला नियम कहाँ मानिन्छ?

-हिस

About Author

Advertisement