कोलकाताः पश्चिम बंगालको राजधानी कोलकातामा अबेर राति सियालदाको सूर्य सेन स्ट्रीटस्थित जगत सिनेमा हल छेउ एउटा छ तले भवनको पॉंचौं तलामा आगो लाग्यो। अहिले आगोलाई नियन्त्रित गरिएको छ। आगो निभाउन अग्निशमन विभागको १० वटा गाड़ीलाई लगभग तीन घण्टा समय लागेको थियो। यस घटनामा कसैलाई चोटपटक लागेको सूचना छैन। आगो लाग्नुको कारण पनि स्पष्ट भएको छैन। सम्भवतः खाना पकाउॅंदा दुर्घटनावश आगो लागेको हुन सक्ने आशंका व्यक्त गरिएको छ।
राज्यका अग्निशमन मन्त्री सुजीत बुस पनि घटना स्थलमा पुगेका थिए। उनले दमकल कर्मीहरूको तत्परतामा आगो फैलिन नपाएको बताए। आगो निभाउन हाइड्रोलिक ल्याडरको मद्दत लिइएको थियो। राति लगभग एक बजीसम्म आगोलाई पूर्ण रूपमा नियन्त्रित गरियो। स्मरण रहोस, केही दिनअघि यसै बजारमा भयावह आगो लागेको थियो जसमा २५ जनाको मृत्यु भएको थियो।










