कोभिड़ नेपाल: कोरोनाले आज थप ३४ जना ग्रसित, १५ जना भए निको

IMG_20220324_152109-3.jpg

कठमाडौँ: नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा थप ३४ जना कोरोना भाइरसले ग्रसित भएको छन् भने आजपनि यो रोगले कसैको मृत्यु भएन।

मन्त्रालयअनुसार हिजो ३,६१० जनाको कोरोना परीक्षण गरेकोमा ३४ जनामा संक्रमण पुष्टि भएको छ। (२,२३४ जनाको आरटी-पीसीआर परीक्षणमा २४ जना अनि १,३७६ जनाको एन्टीजेन परीक्षणमा १० जना गरी ३४ जना)

देशभरी, पछिल्लो २४ घण्टामा कोरोनाबाट १५ जना निको भएका छन् भने हाल सक्रिय संक्रमित मामिला १०४ रहेको छ। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.८℅ दर्ता गरिएको छ।

अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,१९,७०२ पुगेको छ भने ११,९५२ जनाको मृत्यु भएको छ। यसरी नै ९,६७,२७७ जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।

अहिलेसम्म कोरोना रोधीको पूर्ण खोप लाउनेको कुल सङ्ख्या २,००,९०,८१७ रहेको छ।

About Author

Advertisement