नयाँ दिल्ली: हिजोआज अनलाइन बैठकहरू हुने क्रम बढेको छ। अदालतको कारबाही पनि भर्चुअली अर्थात अनलाइनबाटै भइरहेको छ। यसैबीच अदालतको भर्चुअल सुनुवाइमा एउटा अनौठो घटना भएको छ। वास्तवमा सुनुवाईको क्रममा क्यामेरामा एक पुरुष नग्न अवस्थामा नाचिरहेको भिडियो आउन थाल्यो। यो देखेर सुनुवाइमा उपस्थित न्यायाधीशसहित उपस्थित सबै छक्क परे। यो घटना पेरु देशको हो, जहाँ राष्ट्रपति पेड्रो कास्टिलोविरुद्धको भ्रष्टाचारको आरोपको सुनुवाइ भर्चुअल अदालतमा चलिरहेको थियो। तर यसैबीच सुनुवाइको क्रममा ब्राजिलियन मेल स्ट्रिपरको नग्न भिडियो अनलाइन प्ले हुन थाल्यो। यो देखेर मानिसहरु छक्क परे अनि सुनुवाई केहि समयका लागि स्थगित गर्नु पर्यो।











