सिलगढी: बंगालमा शारदीय दुर्गा पर्व पछि कोजाग्री लक्ष्मी पूजा आश्विन शुक्ल पक्षको अन्त्यमा पूर्णिमाका दिन गरिन्छ। बंगाली हिन्दू घरहरूमा अनन्त प्रार्थना, देवी लक्ष्मीको पूजा लगभग हरेक घरमा गरिन्छ। लक्ष्मी धनकी देवी हुन्। धनको आशमा घरघरमा कोजाग्री लक्ष्मी पुजा गरिन्छ। लक्ष्मीपूजाअघि नै बजारमा रहेका मूर्ति बिक्रेता तथा पुजा सामग्री बिक्रेताले सबै वस्तुको भाउ बढेकाले आफ्नो व्यवसायिक सामानको मूल्य पनि पक्कै बढ्ने र गत वर्षको तुलनामा पुजा सामग्रीको मूल्य आकाशिएको बताउछन्।









