कोचबिहार: आरजी कर अस्पतालमा भएको बलात्कार र हत्याको विरोधमा भारतीय चिकित्सा संघले हडतालको आह्वान गरेको छ। इन्डियन मेडिकल एसोसिएसनले आह्वान गरेको हडतालका कारण कोचबिहार मेडिकल कलेजका आउटडोर साथै निजी अस्पतालका पनि आउटडोर बन्द छ। डाक्टरहरुले चेम्बरमा बसेर बिरामीलाई जाँचेका छैनन् र बिरामीहरु त्यतिकै फर्कनु परेका छन्। जबकि आपतकालीन सेवाहरू भने सुचारु छन्।











