कोचबिहार जिल्ला पुलिसले ५० वटा मोबाइलहरू तिनीहरूका मालिकहरूलाई फिर्ता गरे

IMG-20240203-WA0114.jpg

कोचबिहार। कोचबिहार जिल्ला पुलिसले विभिन्न समयमा हराएको र चोरी भएका ५० वटा मोबाइल फोनहरू बरामद गरेको थियो भने ती मोबाइलहरू आज तिनीहरूको मालिकलाई फिर्ता गरियो। कोचबिहार जिल्ला पुलिसले आज मोबाइल फोन मालिकहरूलाई पुलिस स्टेशनमा बोलाएर उनीहरूको हराएको र चोरी भएका मोबाइलहरू फिर्ता गरेको थियो। पुलिस सुत्रबाट थाह लागे अनुसार कोचबिहार पुलिसले पछिल्लो एक महिनामा यी पचास मोबाइल फोनहरू बरामद गरेको थियो। मोबाइल धनीले पुलिसमा उजुरी गरेपछि पुलिसले ती मोबाइल बरामद गर्ने अभियान चलाएको थियो।

हरेक महिना पुलिसले यस्ता अभियान चलाइरहेको र कसैको मोबाइल हराएमा वा चोरी भएमा थानामा मोबाइलको इएमआई नम्बरसहित उजुरी दिन अपिल समेत गरेका छन्। साथै पुलिसले मोबाइल फोन वाहकलाई थप सतर्कता अप्नाउन अपिल गरेको छ।

About Author

Advertisement