कोचबिहार जिल्ला तृणमूल कांग्रेस कार्यालयमा महिला तृणमूल कांग्रेसको जिल्ला स्तरीय बैठक सम्पन्न

3a7b95c6-67bf-42e1-8627-c89444a1e4cf

कोचबिहार: महिला तृणमूल कांग्रेसको जिल्ला स्तरीय बैठक कोचबिहार जिल्ला तृणमूल कांग्रेसको पार्टी कार्यालयमा आयोजित भयो। महिला तृणमूल कांग्रेस प्रदेश अध्यक्ष चन्द्रिमा भट्टाचार्यको निर्देशनमा आज बैठक बसेको हो । कोचबिहार जिल्ला महिला तृणमूल कांग्रेस अध्यक्ष सुचस्मिता देव शर्माले आगामी तीन दिनमा तृणमूल कांग्रेसको २२ संगठनात्मक ब्लकमा २२ बैठकहरू आयोजना गरिने बताइन्। पछि कोचबिहार जिल्लाका प्रत्येक १२८ ग्राम पञ्चायतहरूमा बैठक हुनेछ। ३२८ क्षेत्रवार पञ्चायत समिति बैठकहरू हुनेछन्। महिला तृणमूल कांग्रेस प्रदेश अध्यक्ष चन्द्रिमा भट्टाचार्यको उपस्थितिमा जनवरी २० मा सपथ ग्रहण समारोह आयोजना गरिएको छ। उनले प्रत्येक ब्लकमा तीन वटा जुलुस निकालिने बताए । जसको नाम चलो पल्टाई राखिएको छ।

About Author

Advertisement