कोचबिहारको बक्सिरहाट बजारमा आगलागी हुँदा ७ पसल जलेर नष्ट

IMG-20240809-WA0148

कोचबिहार: कोचबिहार जिल्लाको बक्सिरहाट बजार मारवाडी पट्टी क्षेत्रको तुफानगञ्ज ब्लक २ भानुकुमारी पट्टी क्षेत्रमा गएराति भीषण आगलागी हुँदा ७ पसल जलेर नष्ट भएका छन्। खबर पाएलगत्तै तुफानगञ्ज र बक्सिरहाट दमकलका तीनवटा इन्जिन घटनास्थलमा पुगेका थिए। करिब तीन घण्टाको लामो प्रयासपछि आगो नियन्त्रणमा आयो, तर आगो नियन्त्रणमा आउँदा सातवटै पसल जलेर नष्ट भयो। प्रारम्भिक रुपमा विद्युत सटसर्किट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ।

About Author

Advertisement