“के हामी सेमी बुलेट ट्रेनको सेवाको हकदार छौं?” दिलीप घोष

IMG-20230104-WA0166.jpg

कोलकता– हालै बन्दे भारत मा भएको पथराउ पछि “के हामी सेमी बुलेट ट्रेनको सेवा लिन योग्य छौं?” भनि बीजेपीका पूर्व प्रदेश अध्यक्ष दिलीप घोषले प्रश्न गरेका छन् । “के यो राज्यका जनता सेमी बुलेट ट्रेनको सेवा लिन तयार छन्? उनीहरूको मानसिकता कस्तो छ? के हामी यो मानसिकता लिएर बाँकी देश र विश्वसँग तालमेल गर्न सक्छौं? भनि उनले सवाल गरे। त्यसो गर्ने र हाम्रो राज्यलाई बदनाम गर्नेहरूलाई केही मानिसहरूले प्रोत्साहन गरिरहेका छन् उनले बताए। यस विषयमा प्रदेश सरकारले पहल गर्नुपर्छ। उता मुख्यमन्त्री बन्दे भारतबारे मौन छन्। जसका कारण जनतामा आशंका छ कि जय श्रीरामको बदला लिने प्रयास भएको हो ? भाजपा नेताले भने कि कश्मीरमा देशभक्तहरूलाई ढुङ्गाले हानेर मारियो। यहाँ राष्ट्रवादको प्रतीकलाई ढुङ्गाले हानेको छ। हामीले स्टेशनमा कति ठूलो उत्साह देखेका छौं। रेललाई स्वागत गर्न मानिसहरूमा ठूलो उत्साह थियो। मानिसहरूले यो रेललाई सकारात्मक रूपमा लिएका छन्। केहीले पश्चिम बङ्गाललाई पछाडी लैजाँदैछन्, जनतालाई अगाडि बढ्न दिँदैनन्। अगाडि बढ्न चाहनेलाई ढुङ्गाले हानेको छ।

About Author

Advertisement