के-लीगः गोरुबथान फूटबल क्लबको जीत

photocollage_2023529192735591.jpg

२९ मईः फूटबल एसोसिएशन अव् कालेबुङ डिस्ट्रिक्टको तत्त्वावधानमा आयोजित प्रतिष्ठित के-लीग सुपर डीविजन फूटबल प्रतियोगितामा गोरुबथान एफसी-ले आफ्नो म्याच जित्यो। स्थानीय मेला ग्राउण्डमा सोमवार खेलिएको एकतर्फी म्याचमा गोरुबथान एफसी-ले बोंग एफसी-लाई ४-०-ले पराजित गऱ्यो। ग्रुप बी-को यस म्याचमा विजेता टीमबाट प्रवेश छेत्रीले १६औं र २९औं मिनटमा २ गोल गरे। यसबाहेक सुमन विश्वासले २७औं र समीर राईले ३२औं मिनटमा गोल गरे। गोरुबथान एफसी-का देबाशिष रोयलाई प्लेयर अव् द म्याच चयन गरियो। आयोजकहरूले जानकारी दिएअनुसार, के-लीग-को यस सीजनमा जम्मा १० वटा टीमले हिस्सा लिएको छ। यसमा कालेबुङ जिल्ला पुलिस, सेसोनिअन एफसी, नादोङ भूटिया एफए, गोरुबथान एफसी, सुबोथ एफए (मंगपंग), शेयर एफसी, जर्जियन एफसी, युनाइटेड ब्रदर्स, बोंग एफसी र हिमालश्री एथलेटिक क्लब सामेल छ। यी टीमहरूलाई दुईवटा ग्रुपमा बाँड़िएको छ। मंगलवार खेलिने म्याचमा युनाइटेड ब्रदर्स र नादोङ भूटिया एफए-बीच भिड़न्त हुनेछ। म्याच दिउँसो २.३० बजीदेखि शुरु हुनेछ। लीगको फाइनल ११ जूनमा खेलिनेछ।

About Author

Advertisement