‘के घर के डेरा: घर नम्बर २’ को प्रदर्शनको दोस्रो हप्तामा प्रत्येक घरको कथामा दर्शकहरूको प्रतिक्रिया

IMG-20250523-WA0184(1)

काठमाडौं: नेपाली चलचित्र ‘के घर के डेराः घर नम्बर २’ रिलिजको दोस्रो हप्तामा प्रवेश गरेको छ। निर्माण टिमले फिल्मलाई दर्शकबाट राम्रो प्रतिक्रिया मिलिरहेको दाबी गरेको छ। दर्शकहरूले ‘के घर के डेरा: घर नम्बर २’ आम नेपालीलाई परिचित कथा भएको बताइरहेका छन्।
आम नेपाली जनताले भोग्नुपरेका समस्याहरूलाई उजागर गर्ने ‘के घर के डेरा: घर नम्बर २’ ले दर्शकहरूलाई प्रशंसा गरिरहेको निर्माण टोलीले बताएको छ।
निर्देशक दीपेन्द्र के. खनालले भने, “फिल्म हेर्ने दर्शकको प्रतिक्रिया राम्रो छ। हामीलाई विश्वास छ कि फिल्म हेर्ने दर्शकको संख्या पनि बढ्नेछ, किनकि मानिसहरूको प्रतिक्रिया राम्रो छ।”
‘के घर के डेराः घर नम्बर २’ को ट्रेलर अहिले चर्चामा छ। फिल्मको कथा लेखक बुद्धि सागरले लेखेका हुन्।
दीपेन्द्र के खनालले निर्देशन गरेको चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, सृजना नप्पी, संजोग रसाइली, रुविना घिमिरे, सुरज बिष्ट लगायतको अभिनय रहेको छ।
फिल्म ‘के घर के डेरा: घर नम्बर २’ एप्पल इन्टरटेनमेन्ट, ए प्लस इन्टरटेनमेन्ट र नटराज क्रिएशन्सले निर्माण गरेका हुन्।
कृष्णबहादुर थापाको छायांकनमा रहेको ‘के घर के डेरा : घर नम्बर २’ को कार्यकारी निर्माता युवराज कार्की हुन्। निर्माता नकिम उद्दीन, शरद श्रेष्ठ र किरण महर्जन हुन्।

About Author

Advertisement