के.एच.एल.यू. कालेबुङ र एन.एच. रिआलिटी विजयी

photocollage_20249621428462

कालेबुङ: प्रगति युवा संघ गेम्स एण्ड स्पोर्ट्स कमिटी, रोंगचोंगको तत्त्वावधानमा आयोजित डी.बी. योगी स्मृति च्यालेञ्ज कप फूटबल टुर्नामेण्टमा शुक्रवार दुईवटा म्याच खेलियो। लोहापुल (एनएच १०) नजिक रोंगचोंग पब्लिक ग्राउण्डमा आज भएको पहिलो म्याचमा के.एच.एल.यू. कालेबुङले रम्बी युनाइटेडलाई २-१-ले पराजित गऱ्यो। यसरी दोस्रो म्याचमा एन.एच. रिआलिटीले सिस्ने रियुनाइटेडलाई ५-२-ले पराजित गऱ्यो। यस टुर्नामेण्टमा जम्मा ३२ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको फाइनल म्याच २ अक्टोबरमा खेलिनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको गत संस्करणमा कालीझोड़ा युवा परिवार च्याम्पियन भएको थियो।

About Author

Advertisement