दार्जिलिङ: शनिबार बिहान अचानक मौसम बिग्रिएर छोटा रंगीत नदीमा एकाएक जलस्तर बढेपछि यसको वरिपरिको क्षेत्रमा बसोबास गर्ने सर्वसाधारण निकै त्रसित बनेका छन्। एक्कासी नदीमा जलस्तर बढेपछि विगत चार अक्टोबरमा आएको भिषण भलबाडी पो आउने हो कि भन्ने भयले पुलबजार लगायतको क्षेत्रमा स्थानीयवासीहरु त्रसित बनेको भनाइ छ। अर्कोतिर विगतमा आएको भलबाडीपछि राष्ट्रीयदेखि क्षेत्रीय स्तरका निर्वाचित प्रतिनिधिहरुले भ्रमण गरी तत्काल काम गर्ने बाचा गरेका बिजनबारी क्षेत्रलाई चियाबारी हुँदै दार्जिलिङ लगायत तराईसम्म जोड्ने पुलबजार पुल नबनिएकोले क्षेत्रवासी निक्कै रुष्ट बनेका छन भने यसलाई सत्ता पक्षको विफलताको रूपमा हेरेका छन्।

यसको साथमा बर्खायाम शुरु हुनभन्दा अगावै नदीको यस्तो आवस्था हुनाले स्थानीयवासीहरुमा त्रासको माहोल छाएको स्थानीय विनोद छेत्रीले बताएका छन्।









