सिलगढी: खोरीबारीमा केरा बगानबाट बेपत्ता भएकी एक महिलाको शव फेला परेको छ। उनको शव आइतबार उत्तर बंगाल मेडिकल कलेज अस्पतालमा परिवारले पहिचान गरे। मृतक महिलाको नाम बबिता राजवंशी, उमेर ३२ वर्ष बताइएको छ। उनी नेपाल निवासी भएको बताइएको छ। उनी गत आइतबार सब्जी किन्न नेपालबाट भारत आएकी थिइन्। तर, त्यसपछि उनी फर्किएनन् पारिवारिक स्रोतले जनाएको छ। बबिता राजवंशी त्यही दिनदेखि बेपत्ता भएकी थिइन्। त्यसपछि दुई दिनअघि खारी हाउसको सब्जी बगानबाट उनको शव भेटिको थियो।









