केन्द्रीय योजनाहरुमाथि जागरुकता कार्यक्रम

IMG-20250421-WA0346

मंगन: राज्य सरकारको वाणिज्य एवं उद्योग विभागले उद्यामी तथा वित्त विकास प्रकोष्ठको सहकार्यमा आज मंगन जिल्लाको लिङचोम तिङदा सामुदायिक भवनमा जागरुकता कार्यक्रम आयोजन गऱ्यो। केन्द्र सरकारद्वारा शुरू गरिएका विभिन्न योजनाहरूमाथि जागरूक गराउने उद्देश्यले आयोजित कार्यक्रममा साना उद्मीहरुलाई प्रेरित गर्ने उद्देश्यबारे जानकारी दिइएको थियो। कार्यक्रममा कावि लुङचोक निर्वाचन क्षेत्रका विधायक एवं स्वास्थ्य एवं परिवार कल्याण विभागका सल्लाहकार थिन्ले छिरिङ भोटिया मुख्य अतिथिकोरूपमा उपस्थित थिए। साथमा स्थानीय जिल्ला पञ्चायत, वार्ड पञ्चायत अध्यक्ष लगायत उद्यामीहरू सामेल रहेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै विधायक भोटियाले युवाहरूलाई कृषिप्रति संलग्न हुन प्रोत्साहित गर्दै कृषि गरेर जिविका निर्वाह गर्न सकिने सुझाउ दिए। उनले व्यावसायिक आम्दानीलाई विस्तार गर्न गम्भीरता देखाउने सुझाउ राखे। यसका साथै उनले जिल्ला पञ्चायतहरूलाई विभागीय अधिकारीहरूसँग समन्वय राखेर आफ्ना क्षेत्रमा सामना गरिरहेका समस्याहरू पहिचान गर्ने र प्रभावकारी समाधानका निम्ति सहकार्य गर्ने आग्रह गरे। उनले एक दिवसीय जागरूकता कार्यक्रमले स्थानीय मानिसहरुलाई लाभ पुग्ने बताए। उनले स्रोतवक्ताहरूलाई धन्यवाद पनि दिए। यस अवसरमा एक अन्तर्क्रियात्मक कार्यक्रमको पनि गरिएको थियो। जसमा एक सफल उद्यामी साङगे भोटियाले आफ्नो अनुभव साझा गरे। उनले उद्यामी बन्न चाहनेहरूलाई प्रोत्साहित गर्दै प्राप्त अवसरको सहीरूपमा सदुपयोग गर्नुपर्ने सुझाउ दिइन्। यसक्रममा सीड सेलका मुख्य समन्वयक राज लामाले बेरोजगार युवाहरूलाई व्यावसायिक क्षेत्रमा आउनको निम्ति प्रोत्साहन गर्दै यस क्षेत्रमा विभिन्न प्रकारको अवसर पाउने बताए।

About Author

Advertisement