केन्द्रीय मन्त्री रिजिजुद्वारा आध्यात्मिक गुरुदलाई लामासँग भेट, लिए आशिष

FB_IMG_1782501038963

​नयाँ दिल्ली: भारतका संसदीय तथा अल्पसङ्ख्यक मामिला मन्त्री किरण रिजिजुले तिब्बती आध्यात्मिक गुरु परम पावन दलाई लामासँग भेटवार्ता गर्नुभएको छ। शुक्रबार दिल्लीमा भएको उक्त विशेष भेटघाटका क्रममा मन्त्री रिजिजुले दलाई लामाको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै उहाँको पूर्ण स्वास्थ्यलाभको कामना गर्नुभएको हो।
​भेटघाटको तस्बिर सामाजिक सञ्जाल ‘एक्स’मा साझा गर्दै मन्त्री रिजिजुले भन्नुभएको छ, “मैले दिल्लीमा परम पावन दलाई लामालाई उहाँको स्वास्थ्य अवस्थाबारे सोधपुछ गर्न भेटेको थिएँ। उहाँलाई प्रसन्न मुद्रामा देख्दा र हालै भएको घुँडाको शल्यक्रियापछि तीव्र गतिमा निको भइरहनुभएको थाहा पाउँदा मलाई निको आनन्द मिल्यो।”
​आध्यात्मिक गुरुबाट आशिष लिएको उल्लेख गर्दै मन्त्री रिजिजुले उहाँको करुणा, बुद्धिमत्ता र नम्रताले आफूलाई सधैँझैँ यस पटक पनि प्रेरित गरेको बताउनुभयो। ८१ वर्षीय आध्यात्मिक गुरु दलाई लामाले गत जेठ २५ गते (८ जुन) दिल्लीको अपोलो अस्पतालमा आफ्नो देब्रे घुँडाको शल्यक्रिया गराउनुभएको थियो, जुन पूर्ण रूपमा सफल भएको थियो।

About Author

Advertisement