केन्द्रीय मन्त्री किरण रिजिजुद्वारा सिलगढीमा तृणमूलको कडा आलोचना

IMG-20240423-WA0175

सिलगढी: भाजपा उम्मेदवार राजु बिष्टको समर्थनमा प्रचार गर्न आएका केन्द्रीय खाद्य प्रशोधन मन्त्री किरण रिजिजुले हिजो उच्च अदालतले दिएको फैसलापछि आज सिलगढीमा खरो टिप्पणी गरेक छन्।उनले भने,पश्चिम बंगालमा नोट बिना कुनै पनि काम हुँदैन। राज्यमा भ्रष्टाचार कति छ, जनतालाई थाहा छ। केन्द्रीय मन्त्री किरण रिजिजुले शिक्षामा मात्रै भ्रष्टाचार नभएको बताए। ‘प्रत्येक कार्यलाई यस राज्यमा नोट चाहिन्छ। राज्यका हरेक मन्त्री र विभाग भ्रष्टाचारमा संलग्न छन्। पश्चिम बंगालमा जसरी भ्रष्टाचारको कालो धन बरामद भएको छ, त्यो देशको कुनै पनि राज्यमा देखिएको छैनl

उच्च अदालतले सोमबार एसएससी भर्नामा भ्रष्टाचार गरेको भन्दै २५ हजार उम्मेदवारको नोकरी खारेज गर्न आदेश दिएको हो। तृणमूलको अन्त्य शुरु भएको छ’, उनले भनेl आज केन्द्रीय मन्त्री किरेन रिजिजुले दार्जीलिङ लोकसभा निर्वाचन क्षेत्रमा भाजपा उम्मेदवार राजु बिष्टको समर्थनमा प्रचार गरे।

About Author

Advertisement