मङ्गन: बुद्ध पूर्णिमाको पावन अवसरमा भारत सरकारका संसदीय कार्य तथा अल्पसंख्यक कार्य मन्त्री किरण रिजिजूले आज लाचुङस्थित समलिङ छोइलिङ गुम्बामा पूजा-अर्चना गरी श्रद्धा अर्पण गरे। यस अवसरमा उनीसँगै सिक्किम सरकारका सामाजिक कल्याण विभागका मन्त्री समदुप लेप्चा तथा प्रसिद्ध गायक मोहित चौहान उपस्थित थिए। कार्यक्रममा वन विभागका अध्यक्ष पेमा वाङ्ग्याल लाचुङ्पा, औषधीय पादप बोर्डका अध्यक्ष सोनम ग्यात्सो लाचेनपा, पर्यटन तथा नागरिक उड्डयन विभागका अध्यक्ष सोनम नोर्गे लाचुङ्पा, लाचुङका पिपोन सोनम छेरिङ लाचुङ्पा तथा चुंगतुक छेरिङ लाचुङ्पा, चुटिम्पा, वरिष्ठ भिक्षु तथा स्थानीय गण्यमान्य व्यक्तिहरू पनि उपस्थित थिए। यसका अतिरिक्त सामाजिक कल्याण विभागकी सचिव सरिका प्रधान, विशेष सचिव सत्येन प्रधान, मुख्य अभियन्ता थिन्ले ग्यात्सो भूटिया, मङ्गनका जिल्ला अधिकारी अनन्त जैन, पुलिस अधीक्षक एल. बी. छेत्री, प्रभागीय वन अधिकारी (क्षेत्र) मन्जिल खरेल, चुंगथाङका उपमण्डल अधिकारी अरुण छेत्री, उपप्रहरी अधीक्षक चन्दन छेत्री लगायत अन्य अधिकारीहरू पनि उपस्थित थिए। पूजा-अर्चना पछि केन्द्रीय मन्त्रीले भिक्षुहरूसँग संवाद गरे र सोही परिसरमा निर्माणाधीन गुम्बाको निरीक्षण पनि गरे। उनलाई कार्यको प्रगतिको बारेमा जानकारी दिइयो।

उनले गुम्बा तथा त्यससँग सम्बन्धित सुविधाहरूको शीघ्र सम्पन्नताका लागि भारत सरकारका तर्फबाट हरसम्भव सहयोग गर्ने आश्वासन दिए।यसपछि केन्द्रीय मन्त्रीले आनी गुम्बा मठको पनि भ्रमण गरी त्यहाँ पूजा-अर्चना गरे।









