मङ्गन। केन्द्रीय मत्स्य पालन, पशुपालन तथा डेरी मन्त्री श्री राजीव रञ्जन सिंहले आज मङ्गन जिल्लाको भ्रमण गरी कृषक, सहकारी संस्था तथा अन्य सरोकारवालाहरूसँग मत्स्य पालन, पशुपालन र सम्बद्ध क्षेत्रहरूमा विकासका अवसरहरूबारे छलफल गर्नुभयो।
उत्तरी जिल्ला आगमनका क्रममा केन्द्रीय मन्त्रीलाई मङ्गनका अतिरिक्त जिल्ला अधिकारी (ए.डी.एम.) श्री पेमा वाङचेन नामकार्पाले न्यानो स्वागत गर्नुभयो। त्यसपछि मन्त्रीले आफ्नो भ्रमणको सुरुवात तिङदा सरकारी प्राथमिक विद्यालयबाट गर्नुभयो, जहाँ उहाँलाई कबी लुङचोकका विधायक श्री टी.टी. भोटिया, अध्यक्ष श्री कादो लेप्चा र उपाध्यक्ष श्रीमती सोनाम किपा भोटियाले स्वागत गर्नुभयो।
यस अवसरमा सिक्किम सरकारका मत्स्य पालन, पशुपालन तथा पशु चिकित्सा सेवा मन्त्री श्री पुरन कुमार गुरुङ, भारत सरकारको मत्स्य पालन विभागका सचिव डा. अभिलक्ष लिखी, भारत सरकारको मत्स्य पालन विभागकी संयुक्त सचिव श्रीमती गुञ्जन कृष्णा, सिक्किम सरकारको मत्स्य पालन विभागकी सचिव श्रीमती रोशनी बी.सी. राई, सिक्किम सरकारको पशुपालन तथा पशु चिकित्सा सेवाका पि.डी.-सह-सचिव डा. सन्दीप गुरुङ, मङ्गनका प्रहरी उपरीक्षक (एस.पी.) श्री रिङजिङ चोपेल राई, मुख्य अभियन्ता (सी.ई.) श्री विजय कुमार बेहेरा, मत्स्य विभागका उप-निर्देशक श्री नितेश गुरुङ, सहायक निर्देशक श्रीमती गौरी मुखिया, सहायक निर्देशक श्री उगेन त्सेटेन भोटिया लगायत सम्बन्धित विभागीय अधिकारीहरूको उपस्थिति रहेको थियो।
रामथाङ पी.एच.एस.सी. तथा वेलनेस सेन्टरमा मन्त्रीले सिरी साँढे, सिरी गाई र विभिन्न स्थानीय उत्पादनहरूको प्रदर्शनीको अवलोकन गर्नुभयो, जसले यस क्षेत्रको स्थानीय पशुधन र कृषि सम्भावनालाई उजागर गरेको थियो। उहाँले स्थानीय सिरी गाय प्रजातिको आनुवंशिक सुधार र संरक्षणलाई सहज बनाउन एक समर्पित ‘सिरी क्याटल किपर सेन्टर’ स्थापना गर्ने सुझाव दिनुभयो। उहाँले पशुधन उत्पादकत्व बढाउन, स्थानीय डेरी क्षेत्रलाई सुदृढ बनाउन र जीविकोपार्जनका राम्रा अवसरहरू सिर्जना गर्न किसानहरूलाई सुधारिएका गाईवस्तु वितरण गर्नुपर्ने प्रस्ताव पनि राख्नुभयो।
त्यसपछि, मन्त्रीले मङशिलामा प्रधानमन्त्री मत्स्य सम्पदा योजना (पी.एम.एम.एस.वाई.) अन्तर्गत स्थापित ‘लाइभ फिस भेन्डिङ सेन्टर’ (जीवन्त माछा बिक्री केन्द्र) को भ्रमण गर्नुभयो, जहाँ स्थानीय माछापालक किसानहरूलाई माछाको दाना वितरण गरियो। मत्स्य पालक सहकारी संस्थाका सदस्यहरू र अन्य सरोकारवालाहरूसँगको कुराकानीका क्रममा उहाँले उनीहरूका जिज्ञासाहरूको समाधान गर्दै मत्स्य पालन क्षेत्रको विकासका लागि प्रमुख अवसरहरूबारे प्रकाश पार्नुभयो।
जिज्ञासाहरूको उत्तर दिँदै श्री सिंहले प्रधानमन्त्री ग्राम सडक योजना (पी.एम.जी.एस.वाई.) सन् २०२६ देखि २०३१ को अवधिमा पनि निरन्तर रहने बताउनुभयो। उहाँले पी.एम.एम.एस.वाई. अन्तर्गत १५ वटा सहकारी संस्थाहरूलाई सहयोग विस्तार गरिने जानकारी दिनुभयो। सोरेङमा कार्प माछा पालनका लागि एउटा जैविक (अर्गानिक) क्लस्टर पहिचान गरिएको जानकारी दिँदै उहाँले सरोकारवालाहरूलाई २,००० मेट्रिक टन माछा उत्पादनको लक्ष्य हासिल गर्ने दिशामा काम गर्न प्रोत्साहन गर्नुभयो। उहाँले सजावटी (अर्नामेन्टल) माछा पालनको सम्भावना, विशेष गरी अन्तर्राष्ट्रिय निर्यात बजारमा यो भ्रमणले मत्स्यपालन र पशुपालनका क्षेत्रमा तल्लो तहका पहलहरूलाई सुदृढ पार्नुका साथै दिगो जीविकोपार्जन र आर्थिक विकासका लागि नयाँ अवसरहरूको खोजी गर्नुको महत्त्वलाई उजागर गर्यो। महत्त्वबारे प्रकाश पार्नुभयो र किसानहरूलाई आयआर्जन र मत्स्य पालन गतिविधिहरूमा विविधीकरणका लागि यो मार्ग अपनाउन प्रेरित गर्नुभयो।

यो भ्रमणले मत्स्यपालन र पशुपालनका क्षेत्रमा तल्लो तहका पहलहरूलाई सुदृढ पार्नुका साथै दिगो जीविकोपार्जन र आर्थिक विकासका लागि नयाँ अवसरहरूको खोजी गर्नुको महत्त्वलाई उजागर गर्यो।





